
काठमाण्डु ,२१फागुन-बारामा बसले किच्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निजगढ नगरपालिका ८ बुधचोकका ५० वर्षीय मजिद मिया रहेका छन । मियाको आइतबार मध्यान्ह वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० नम्बरको बस ब्याक गर्नेक्रममा किच्दा ज्यान गएको हो ।
बसले किच्दा घाइते भएका मियालाई तत्काल स्थानीय सिटी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्ज रेफर गरिएकोमा अस्पताल पुर्या एलगत्तै उनको ज्यान गएको बारा प्रहरीले जनाएको छ ।
बस चालक लाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय निजगढमा राखेको छ ।