
काठमाण्डु ,२१ फागुन- पन्देहीमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका– ६ पुरानो बसपार्क बस्ने ६५ वर्षीय धनै मल्लाह रहेका छन। उनको आइतबार आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।
घरबाट खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बतायको छ।