बालुवाटारमा ८ दलको बैठक जारी

काठमाण्डु टुडे २०७९ फागुन २१ गते १७:३९ मा प्रकाशित

काठमाण्डु, २१ फागुन-८ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

आज अपराह्न ४स्३० बजेदेखि बैठक जारी छ। बैठकमा आसन्न राष्ट्रपति निर्वाचनका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल हुने नेताहरुले बताएका छन् ।

यस्तै आगामी चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मत र मन्त्रिपरिषद विस्तारलगायत विषयमा पनि कुराकानी हुने बताइएको छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनमत पार्टीका अब्दुल खान, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा नेता राजेन्द्र श्रेष्ठलगायत छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us