कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

काठमाण्डु टुडे २०७९ फागुन २१ गते १७:२० मा प्रकाशित

काठमाण्डु ,२१ फागुन -राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

२०८० वैशाख २६ देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ।परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीको लागि पुनः अर्को व्यवस्था नगरिएको बोर्डले जनाएको छ ।

कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित हुनेछैन । परीक्षाको लागि चाहिने ग्राफ पेपर, चार्ट, गोश्वारा भौचर, बैंक नगदी किताब जस्ता सामाग्रीहरू स्वयं परीक्षार्थीले नै लैजानुपर्नेछ ।

नयाँ पाठ्यक्रम अनुसार बायोलोजी विषयको परीक्षा दिने परीक्षार्थीहरूले बोटनी र जूलोजी विषयको लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्नेछ । कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन परीक्षा परेको खण्डमा सूचना प्रकाशन भएको १५ दिनभित्र बोर्डका प्रदेश-शाखा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराउनुपर्ने बोर्डले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us