
काठमाण्डु ,२१ फागुन- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् ।
आज आह्वान गरेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् । शाहले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको मतदानमा शाहले ४१ मत पाएका हुन्। प्रस्तावको विपक्षमा ११ मत मात्रै पर्यो। मतदानमा ५२ जना उपस्थित भएका थिए।
जस्मा आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जनाले विश्वासको मत दियका हुन ।
यस्तै नेकपा एमालेका १० जना (उपसभामुख समेत) र राप्रपाका १ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा बस्दै मुख्यमन्त्री शाहलाई विश्वास मत नदिएका हुन् ।
शाह गत माघ २६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए।