मदन भण्डारीको हत्याको छानबिन माग गर्दा २१ जनाको हत्या भयो: केपी ओली

काठमाण्डु टुडे २०७९ फागुन २१ गते १५:४९ मा प्रकाशित

काठमाण्डु ,२१ फागुन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको बताएका छन् ।

५० औं सहिद दिवसका अवसरमा सुखानीको बलिदानको स्मृतिमा एमालेले आइतबार गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले २०४६ को परिवर्तनपछि पनी मानिसहरू मार्ने क्रम नरोकिएको बताए।

उनले भने मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो ।‘त्यस घटनाको प्रशंगमा हामीले छानबिन होस् भनेर माग गर्यौं । त्यो माग गर्दामात्रै २१ जनालाई गोली हानेर हत्या गरियो’।

आयोग बनाएर छानबिन गरिदेऊ भन्दा झापामा डिल्ली गौतमसहित थुप्रै ठाउँमा हत्या भएको अध्यक्ष ओलीको भनाइ छ । उनले बहुदल आएपछि कांग्रेसले डेमोक्रेसी रक्षाका लागि भन्दै अकारण गोली हानेर मार्ने गरेको बताए ।

उनले जनयुद्धका नाममा १७ हजार मानिस मारिएकोमा आपत्ति जनाए । उनले यस्तो शिलशिलाको अन्त्य हुनुपर्ने भन्दै कसैको स्वार्थका लागि अर्काको जिन्दगी जाने स्थिति हुन नहुने बताए ।

राजनीतिलाई छलछाम र षडयन्त्रको खेल नबनाइयोस्,राजनीतिलाई आदर्श र समाज रुपान्तरणको माध्यम बनाइयोस्’, उनले बताय।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us