विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

काठमाण्डु टुडे २०७९ फागुन २१ गते १५:०४ मा प्रकाशित

काठमाण्डु, २१ फागुन -सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज आइतवार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशसभामा आइतबार अपरान्ह विश्वासको मत मत माग्दै प्रदेश सभामा प्रस्ताव पेस गरेका छन्। अहिले प्रदेश सभाको बैठक बसिरहेको छ।

शाहलाई माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएका छन्। एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त भयका थीय।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us