बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर हामीसँग निहुँ खोजियो, पूर्वमाओवादीहरु एक ठाउँमा आऊँ : बाबुराम भट्टराई

काठमाण्डु टुडे २०७९ फागुन २१ गते १४:४८ मा प्रकाशित

काठमाण्डु २१ फागुन – नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् ।

आईतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाण्डुमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताए।

उनले पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोपसमेत लगाए। उनले यसको बिरुद्धमा सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गरे।

नयाँ आधारमा नयाँ एकता सम्भव भएको भन्दै उनले भने, ‘माओवादी पृष्ठभूमिमा गर्व छ, माओवादी भन्न आपत्ति छैन । तर अबको युगमा माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन ।

’भौतिकवादी द्वन्द्ववादी चिन्तनपद्धती मुख्य कुरा भएको भन्दै उनले पूर्वाको मोह नराख्न आग्रह गरे । ‘मैले एउटा मन बनाइसकेको छु, नजिकको साथीलाई भनिसकेको छु, हामीले एकै पटक पार्टी एकता मात्रै भनेर गलो मिलाउनु भन्दा पनि पहिला निमर्मतापूर्वक कसले के गल्ती गरेको छ, त्यसको छलफल गरौँ। त्यसपछि मिल्न सक्नेहरु जति एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ।

पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ’, उनले भने, ‘अहिले यत्रो आक्रमण भइरहेको छ। माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने होरु यो निहुँ खोजेको होइनरु तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्नेकुरा भनेको त्या निहुँ खोजेको होइन?, जिस्केको होइन त्यो? यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि।

हामी सबै मिलेर किन आवाज निकाल्दैनौँ किन सडकमा निस्किन सक्दैनौँ।’ उनले सक्नेहरू विचार मिल्नेहरु एउटै पार्टी बनाउनुपर्ने भन्दै यस्ता मुद्दामा कार्यगत एकता गर्नुपर्ने आवश्यकता रहेको बताय।

पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी विभाजित भएपनि अब मिलेर जानुपर्ने बेला आएको बताए। उनले आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती कमजोरीहरु महशुस गरेर अघि बढ्नु नै देश र जनताको लागि कल्याणकारी हुनेबताय।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us