
काठमाण्डु,१८ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेललाई कुनै भूमिका नदिएको भनी विगतमा आफू माथि लागेको आरोप हटेको कताएका छन ।
आठ दलीय गठबन्धनले संघीय सांसदका लागि राखेको अभिमुखीकरण कार्यक्रममा बोल्ने क्रममा देउवाले यस्तो बताएका हुन । उनले राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाएर न्याय गरेको पनि बताएका छन । उनले भने, ‘रामचन्द्रजीलाई मैले कुनै भूमिका भन्ने लाग्दै आएको थियो होला, राष्ट्रपति बनाउँदैछौं’, ‘लोकतन्त्र र प्रजातन्त्रका लागि उहाँले धेरै दुख पाएको व्यक्ति हो । धेरै पहिले देखिको मेरो साथी हो ।’
सभापति देउवाले संविधान पालना गरेर यसप्रतिको आस्था जगाउने काममा भूमिका निर्वाह गर्ने विश्वास लिएको बताएका छन । देउवाले कार्यक्रममा बोलेको विषय उधृत गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले भने, ‘प्रचण्डजीले उहाँको क्षेत्रमा गएर प्रधानमन्त्री बनाउने भन्नुभएको थिएँ । त्यो भन्दा माथिल्लो पदमा ल्याउनुभयो ।’