राष्ट्रपतिमा रामचन्द्र लाई समर्थन गर्ने दल बढ्छन्: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ फागुन १८ गते १६:२३ मा प्रकाशित

काठमाण्डु,१८ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाल प्रचण्डले आठ दलीय सत्ता गठबन्धनमा अरु दल पनि थपिन बताएका छन ।

आज (बिहिबार) सत्तारूढ ८ दलले काठमाण्डुमा गरेको संघीय सांसदको भेलामा उनले ८ दल भनिए पनि राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई अहिले नै १० दलको समर्थन रहेको बताएका छन ।

उनले भने, ‘हामीले ८ दल भनेका छौं, प्रतिनिधि सभामा २ र प्रदेश सभामा २ जना सांसद रहेको नेपाल समाजवादी पार्टीको पनि रामचन्द्र पौडेल जीलाई समर्थन छ, त्यसैगरी नेपाल आम पार्टी भन्ने तराई केन्द्रित अर्को पार्टीको पनि समर्थन छ ।’

प्रतिनिधि सभामा आफूले विश्वासको मत लिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन सही भएको दाबी गरेपछि विश्वासको संकट उत्पन्न भएको प्रचण्डले बताएका छन ।

उनले विगतमा संविधानको मर्म र भावनालाई मिचेर गतिविधि भएपछि कांग्रेसँगको गठबन्धन बनेको र अहिले त्यसैले निरन्तरता पाएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us