संविधानको परिधिमा रहेर भूमिका निर्वाह गर्ने पौडेलको प्रतिबद्धता

काठमाण्डु टुडे २०७९ फागुन १८ गते १६:१५ मा प्रकाशित

काठमाण्डु,१८ फागुन– कांग्रेस नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले निर्वाचित भएमा संविधानको परिधिमा रहेर राष्ट्रपतिको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

आज (बिहिबार) सत्ता गठबन्धनका ८ दलका संघीय सांसदहरुको काठमाण्डुमा भएको भेलामा उनले यस्तो बताएका हुन । पौडेलले विगतका राष्ट्रपतिबाट भएका गल्ती कमिकमजोरीलाई आफूलाई नदोहोर्‍याउने प्रतिवद्धता जनाएका छन । उनले भने,‘राष्ट्रपति पदको मर्यादा कायम राख्ने, संविधानको संरक्षकको रुपमा काम गर्ने, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र संविधानको रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलबाट आएको छ । ’

भेलामा ८ दलका शीर्ष नेताहरूले पौडेललाई राष्ट्रपतिमा समर्थन गर्नु परेको कारणबारे आफ्ना सांसदहरूलाई जानकारी गराइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us