दुई वर्षीया छोरी हत्या आरोपमा एक जना युवक पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन १८ गते १५:१५ मा प्रकाशित

काठमाण्डु,१८ फागुन– प्रहरीले बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया बालिकाको हत्या आरोपमा उनका बाबु लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षका सायर दिन रहेका छन ।

२ वर्षकी आरिसा दिनको हत्या आरोपमा सायर पक्राउ परेका हुन् । घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेको प्रहरीले बताएको छ ।

टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिएका छन । हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको नायब उपरीक्षक थापाले जानकारी दिएका छन ।

छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । बालिका हत्याका विषयमा परिवारले प्रहरीलाई खबर गरेको थियो ।

अहिले बालिकाको शव पोष्टमार्टमका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ । सायरले के कारणले छोरीको हत्या गरे भन्ने विषयमा अझै नखुलेको र अनुसन्धान जारी रहेको उपरीक्षक थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us