
काठमाण्डु,१८ फागुन–२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि आफ्ना उम्मेदवारलाई मत माग्दै एमालेका नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यलय बसुन्धरा पुगेका छन्द ।
एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाएका पार्टी उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ नेतृत्वको टोली राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बसुन्धरा पुगेको हुन ।
नेम्वाङसहित एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश कुमार भट्टराई लगायतका नेताहरु बसुन्धरा पुगेका हुन्। यसअघि उक्त टोलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी सँग राष्ट्रपतिका लागि १ हजार ५०१ मतभार रहेको छ। राष्ट्रपतिमा निर्वाचित हुन करिब २६ हजार ३०० मतभार चाहिन्छ।