
काठमाण्डु,१८ फागुन– एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका पूर्व सभामुख एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न गरेको अपिलमा नेकपा ले रामचन्द्र पौडेलको प्रस्तावक बनिसकेको जवाफ दिएको छ ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न अपिल गर्दै एमाले नेताहरू नेकपा एसको केन्द्रीय कार्यालय पुगेका थिए। उपाध्यक्ष विष्णु पौडेल, नेम्वाङ र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई त्यहाँ पुगेका थिए।
तर, भेटमा एकीकृत समाजवादीका नेताहरूले आफ्नो पार्टी पौडेलको प्रस्तावक बसिसकेको जवाफ दिएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकूत समादवादी अध्यक्ष माधवकुमार नेपाल र पदाधिकारीहरुसँगको भेटपछि एमाले उपमहासचिव गुरुङले पहिलो पटक नेकपा एसको कार्यालयमा सबै पदाधिकारीसँग भेट भएको बताएका छन ।
उनले भेट सकारात्मक भएको बताउँदै चुनौतीका बीचमा दुई पार्टीबीचको एकतालाई अघाडि बढाउने अवसर प्राप्त भएको बताएका छन । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले नेम्वाङसहितको टोलीले राष्ट्रपतिमा सहयोगको अपिल गरेको जानकारी दिएका छन ।
उनले एमालेसँग पहिलोपटक औपचारिक भेटवार्ता भएकोमा अध्यक्ष नेपालले धन्यवाद दिएको पनि जानकारी दिएका छन । एमालेले औपचारिक सम्वाद सुरु गरेकोमा खुसी लागेको खतिवडाको प्रतिक्रिया छ। तर, बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले समेत रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरिसकेकाले दायाँबायाँ नहुने बताएको छ ।