कैलालीका व्यवसायीले लगाए बैंकका शाखा कार्यालयमा ताला

काठमाण्डु टुडे २०७९ फागुन १८ गते १२:३० मा प्रकाशित

 काठमाण्डु,१८ फागुन– उद्योगी व्यवसायीले कैलालीको धनगढीमा रहेका बैंकका शाखाहरुमा तालाबन्दी गरेका छन्। बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै आन्दोलित उद्योगी व्यवासायीले धनगढीमा विरोध प्रदर्शनसहित बैंकका शाखाहरुमा तालाबन्दी गरेका हुन्।

बैंकका शाखाहरुमा तालाबन्दी भएपछि पैसा भुक्तान, बचन, ब्याज बुझाउने लगायतका कार्यहरुमा समस्या देखीएको छ । उद्योगी व्यवसायीहरुले ‘व्यवसायीमाथिको आतंक बन्द गर’, ‘बैङ्कको ब्याजदरमा एकरूपता कायम गर’, ‘व्यवसायीमाथिको व्यापार बन्द गर’ लगायतका नाराहरू लगाउँदै आन्दोलनका गरेका छन ।

कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले व्यवसायीहरु मर्कामा परेर आन्दोलित भएपनि राष्ट्र बैंक ब्याजदर घटाउने विषयमा मौन बसेको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us