एमाले नेताहरु माधव नेपाललाई भेट्न पार्टी कार्यालय पुगे

काठमाण्डु टुडे २०७९ फागुन १८ गते १२:०७ मा प्रकाशित

काठमाण्डु,१८ फागुन– एमाले नेताहरुले पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति पदका उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आज बिहान अध्यक्ष नेपालसँग भेटवार्ता गरेका छन । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।

एकीकृत समाजवादीका एक नेताले राष्ट्रपति निर्वाचनमा भोट माग्न एमाले नेताहरु पार्टी कार्यालय आएको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us