एकै विश्वकपमा सर्वाधिक गोल गर्ने फ्रान्सका स्ट्राइकर जस्ट फन्टेनको निधन

काठमाण्डु टुडे २०७९ फागुन १८ गते ११:४० मा प्रकाशित

एजेन्सी– सन् १९५८ भएको फिफा विश्वकपमा १३ गोल गर्ने फ्रान्सका स्ट्राइकर जस्ट फन्टेनको निधन भएको छ । एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउन सफल भएका स्ट्राइकर फन्टेनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

फन्टेनले स्वीडेनमा भएको सन् १९५८ को विश्वकपमा फ्रान्सका लागि फन्टेनले ६ खेलमा १३ गोल गर्न सफल भएका थिए । फन्टेनले सन् १९५३ देखि १९६० सम्म फ्रान्सका लागि २१ खेल खेल्दै ३० गोल गरेका थिए ।

व्यावसायिक फुटबलमा भने उनले अधिकांश समय रिम्समा बिताएका थिए । रिम्सामा उनले १५२ खेलमा १४५ गोल गरेका थिए । फेन्टेनले सन् १९९६ मा २८ वर्षकै उमेरमा संन्यास लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us