ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन १६ गते १०:३३ मा प्रकाशित

काठमाण्डु,१६ फागुन– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सोमबार राति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । मूत्यु हुनेमा त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्री रहेका छन ।

विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिएका छन ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु४त ३०४६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा तीन जना घाइते भएकामा क्षेत्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी घाइते भएका थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पाठकले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us