
काठमाण्डु,९ फागुन– प्रहरीले काठमाण्डुको नागार्जुन नगरपालिका–२ गैरीगाउँ डेरा गरी बस्ने ४७ वर्षीय उद्धव मल्लको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ बस्ने गोरखा घर भएका २५ वर्षीय भोज प्रताप थापासहित ८ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ६ सय रुपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरीएको प्रहरीले बताएको छ ।