अस्पतालको लापरबाहीका कारण २८ महिने बालीकाको ज्यान गएको आरोप,उचित क्षतिपूर्तिको माग

काठमाण्डु टुडे २०७९ फागुन ९ गते १७:३३ मा प्रकाशित

काठमाण्डु,९ फागुन– अस्पताल र चिकित्सकको लापरबाहीका कारण एक बालीकाको मूत्यु भएको छ । २८ महिनाकी आफ्नी छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पतीले काठमाण्डुको नक्सालस्थित हिमाल अस्पतालसँग उचित क्षतिपूर्तिको माग गरेका छन ।

मोरङ जिल्लाका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डाक्टर जयदेव यादवसँग मंगलबार पत्रकार सम्मेलन गरी क्षतिपूर्ति माग गरेका छन ।

सामान्य रुघाखोकी लागेकी प्रशंशालाई उनीहरुले सो अस्पतालमा २३ माघमा पुर्‍याएका थिए। उपचारको क्रममा डाक्टर यादवले सामान्य परीक्षणसमेत नगराई औषधि चलाएको, कान्ति बाल अस्पतालमा उपचारका लागि रिफ्र लेटर पठाउँदा चिकित्सकको हस्ताक्षर र अस्पतालको स्टयाम्प समेत नभएको र अस्पतालले मेडिकले रेकर्ड समेत नदिएर आफ्नी छोरीको ज्यान गएको उनीहरुको बताएका छन ।

अन्तिम अवस्थामा बिरामी नबाँच्ने भएपछि महाराजगंजस्थित मेट्रो अस्पताल पुर्‍याएका थिए। त्यहाँ पुर्‍याएको दुई घण्टा पनि नबित्दै प्रशंशाको मृत्यु भएको थियो। हिमाल अस्पतालका चिकित्सक यादवकै लापरबाहीका कारण छोरीको ज्यान गएको पीडित गंगा गौतमको बताएकी छन ।

उनले रुघाखोकी र ज्वरो आएको नानीलाई अस्पतालले सामान्य परीक्षणसमेत नगराई औषधि दिएका कारण ज्यान गुमाउनुपर्ने अवस्था आएको बताएकी छन । पीडित गौतमले छोरीको उपचारमा लापरबाही गर्ने सो चिकित्सकको लाइसेन्स छानबिन गर्न नेपाल मेडिकल काउन्सिलमा पनि उजुरी पनि दिएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us