साउदी जेलमा भएका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाण्डु टुडे २०७९ फागुन ९ गते १२:१६ मा प्रकाशित

काठमाण्डु,९ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

आज (मंगलबार) बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै उनले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन । प्रधानमन्त्री प्रचण्डले भने, ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ।

विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठुलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो । ’ धनकुटा जिल्लाको चौबिसे गाउँपालिका–४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा साउदी जेलमा रहेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us