कांग्रेसले दल बाहिरका व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्छ: कोइराला

काठमाण्डु टुडे २०७९ फागुन ९ गते ११:१७ मा प्रकाशित

काठमाण्डु,९ फागुन– कांग्रेस नेता एवं सांसद डा. शेखर कोइरालाले, कांग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन ।

आज (मगंलबार) सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका छन ।

उनले सम्भावित राष्ट्रपतिको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको बेला कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैरदलीय व्यक्ति बनाउनु पर्ने बताएका छन ।

राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउँदै उनले त्यस्तो सम्भावना कांग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने बताएका छन । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us