प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा ५ जना पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन ८ गते १८:३३ मा प्रकाशित

काठमाण्डु,८ फागुन– रौतहटको गौर नगरपालिका–६ बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा प्रहरीले चपुर ५ जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–४ बस्ने २० वर्षीय सुदर्शन साहलगायत ५ जना रहेका छन । अस्थायी प्रहरीले पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त बसपार्कमा छरिएर रहेका सवारी साधनहरू व्यवस्थापन गर्ने क्रममा ग.१ ख ६१०७ नम्बरको बसको कन्डक्टर साहले प्रहरीमाथि अपशब्द प्रयोग गरी गाली गलौज

गरेकोले नियन्त्रणमा लिएको बिषयलाई लिएर अन्य व्यक्तिहरूले प्रहरीमाथि गाली गलौज, हातपात तथा कुटपिट गरेपछि थप ४ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us