माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाण्डु टुडे २०७९ फागुन ८ गते १७:१९ मा प्रकाशित

काठमाण्डु,८ फागुन– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । बैठक कोटेश्वरस्थित पार्टी मुख्यालयमा पेरिसडाँडामा जारी छ । बैठक अपरान्ह ५ बजेबाट सुरु भएको हो ।

बैठकमा माओवादी केन्द्रले भावी राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे ठोस निर्णय गर्ने नेताहरुले जानकारी दिएका छन । माओवादी केन्द्रले आफुले भने राष्ट्रपतिमा उम्मेदवारी नदिने बताएका छ ।

राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक शक्ति मानिएको छ । कांग्रेस र एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउँदै आएपनि माओवादीले जसलाई समर्थन गर्छ उसैको जित हुने भएकाले माओवादीलाई आफ्नो पक्षमा पार्न दुवै दल लागीपरेका छन । १० पुस माओवादीलाई प्रधानमन्त्री र एमालेलाई राष्ट्रपति दिने सहमति भएको एमालेले दावी गर्दै आएपनि माओवादी नेताहरुले त्यसलाई अस्वीकार गर्दै आएका छन् । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बटमलाइनमा रहेको छ ।

माओवादीको उक्त बटमलाइन एमालेले रुचाएको छैन । जसले गर्दा सत्ता गठबन्धनमाथि नै प्रश्न उठ्न थालेका बेला माओवादी बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us