
काठमाण्डु,८ फागुन– मकवानपुर जिल्लामा जंगली हात्तीको आक्रमणमा परि एक महिला घाइते भएकी छन् । घाइते हुनेमा मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीय राधा अधिकारी रहेकी छन ।
आज (सोमबार) बिहान करेसाबारीमा काम गर्दै गरेकी अधिकारी हात्तीको आक्रमणबाट घाइते भएकी हुन् । उनको अहिले हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
हात्तीको आक्रमणपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले मनहरी–३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड र आगजनी गरेका छन ।
स्थानीयको तोडफोडका कारण सेनाले सुरक्षा गस्तिका लागि प्रयोग गर्दैआएको गाडी, कार्यालय र गोलघरमा क्षति पुगेको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिएका छन । हात्ती नियन्त्रणका लागि सेनालाई अनुरोध गरिएको उनले जानकारी दिएका छन ।