नेता भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै

काठमाण्डु टुडे २०७९ फागुन ८ गते १५:१३ मा प्रकाशित

काठमाण्डु,८ फागुन– ग्यास लिक भएर आगलागीमा परी घाइते भएका कांग्रेसका नेता एवं सांसद डा चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ ।

गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिएका छन ।

उनका अनुसार आज बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेको छ । भण्डारीलाई अहिले ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएकाले स्वास्थ्य सामान्यतर्फ गइरहेको न्यौपानेले जानकारी दिएका छन ।

गत बुधबार राति आफ्नै निवासमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।

घटनालगत्तै उनीहरु दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us