प्रधानमन्त्री प्रचण्डद्वारा पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाण्डु टुडे २०७९ फागुन ८ गते १२:१७ मा प्रकाशित

काठमाण्डु,८ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व स्वास्थ्यमन्त्री डा. मधुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्डले पूर्वमन्त्री, बुद्धिजीवी एवम् मानव अधिकारकर्मी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रचण्डले लखेका लखेका छन्, ‘पूर्व स्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं मानव अधिकारकर्मी डा. मधुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु’ ‘डा.श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा हार्दिक समवेदना प्रकट गर्दछु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us