
गुल्मीमा ,७ फागुन– गुल्मीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा जिल्लाको इस्मा गाउँपालिका– १, मल्दीकी ८३ वर्षीया पवित्रा खत्री रहेकी छन ।
शनिबार बिहान आफ्नै घरमा खाना पकाउने क्रममा शरीरमा आगो सल्किएर घाइते वृद्धाको मृत्यु भएको इस्मा गाउँपालिका– १ निवासी शेरबहादुर कुँवरले जानकारी दिएका छन ।
उनको गुल्मी अस्पतालमा उपचार सम्भव नभएपछि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रहरी बताएको छ । वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन्।