अनेरास्ववियुको २३औँ राष्ट्रिय महाअधिवेशन सुरु

काठमाण्डु टुडे २०७९ फागुन २ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, २ फागुन– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाअधिवेशन सुरु भएको छ । महाअधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेदेशन उद्‌घाटन गरेका छन ।

यो अधिवेशनबाट अनेरास्ववियुको नयाँ नेतृत्व चयन हुने छ। २३औं राष्ट्रिय महाधिवेशनमा अनेरास्ववियुको अध्यक्षका आकांक्षीहरु नै आधा दर्जन बढी रहेका छन ।

वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री, समिक बडाल, वाङ्छु योञ्जन, लोकेश निरौला, उमेश आचार्य र मोति विकले अध्यक्षमा आकांक्षा देखाएका छन्।

तीन दिनसम्म चल्ने महाधिवेशनबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । त्यस्तै तीन वटा आयोगहरू लेखा, अनुशासन र निर्वाचन समेत चयन गर्नेछ ।

देशभरबाट १५७३ जना प्रतिनिधि सहभागी रहेको महाधिवेशनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने प्रयत्न गरिने नेताहरूले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us