यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन हुन्छ: मन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०७९ फागुन २ गते ११:२३ मा प्रकाशित

काठमाण्डु,२ फागुन– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन हुने बताएका छन ।

आज मगंलबार सिंहदरबारमा यातायात व्यवसायी तथा मजदुरसँग भएको वार्ताको क्रममा मन्त्री श्रेष्ठले जायज माग र मुद्दा सम्बोधन हुने बताएका छन ।

उनले भने, ‘यातायात व्यवस्था सुधार कार्यदल गठन भएको छ । यो कार्यदलले पनि एउटा खाका तयार पार्छ । यो कार्यदलले यातायात व्यवसायी, मजदुर र सर्वसाधारणको समेत माग सम्बोधन गर्नेछ । यातायात क्षेत्रको समग्र समस्या समाधान गर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us