सार्वजनिक यातायात तत्काल खुल्ने, यातायात मजदुरको आन्दोलन स्थगित

काठमाण्डु टुडे २०७९ फागुन २ गते १०:४४ मा प्रकाशित

काठमाण्डु,२ फागुन– सार्वजनिक यातायात मजदुरसम्बद्ध संगठनको आन्दोलन स्थगित भएको छ ।

आज मगंलबार सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न व्यवसायी र मजदुर राजी भएका छन ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको छ ।

मजदुरले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात तत्काल खुल्ने भएको छ । आजको उपत्यकाको सार्वजनिक सवारीको बन्द फिर्तासँगै भोलिदेखि आह्वान भएको देशव्यापी आन्दोलन समेत फिर्ता भएको अखिल नेपाल स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वालाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us