बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन २ गते १०:३५ मा प्रकाशित

काठमाण्डु,२ फागुन– प्रहरीले रोल्पाबाट आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय नर बहादुर बुढा रहेका छन ।

माडी गाउँपालिका–५ का ६९ वर्षीय प्रथमन बुढाको हत्या गरेको आरोपमा प्रथमनका छोरा नर बहादुर बुढालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। नरबहादुरले बुवालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौङभावाङ र ईलाका प्रहरी कार्यालय घर्तिगाउबाट खटिएको उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका नरबहादुर बुढालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us