यातायात मजदुरहरूको आन्दोलनले काठमाण्डु उपत्यकामा सार्वजनिक यातायात ठप्प

काठमाण्डु टुडे २०७९ फागुन २ गते १०:२६ मा प्रकाशित

काठमाण्डु,२ फागुन– काठमाण्डु उपत्यकामा यातायात मजदुरहरूको आन्दोलनले सार्वजनिक यातायात ठप्प भएको छ ।

सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको भन्दै सोमबार आन्दोलनमा उत्रिएमा यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्द गरेका छन । अचानक भएको सवारी ठप्पका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।

यसको प्रत्यक्ष मारमा शैक्षिक संस्थाहरू पनि परेका छन । सरकार र यातायात मजदुर तथा व्यवसायीबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us