
काठमाण्डु,२७ माघ– नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भूसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी भएको बताएका छन ।
आज (शुक्रबार) विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी भएको बताएका छन ।
उनले देश बनाउनका लागि पात्र चाहिने र त्यो पात्र भनेको लोकतन्त्रमा पार्टी मात्रै रहेको बताएका छन । उनले देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक भएको पनि बताएका छन ।
उनले भने, ‘देश बनाउनका लागि बनाउने पात्र चाहिन्छ, लोकतन्त्रमा त्यस्तो देश बनाउने पात्र पार्टी हुन्छ । पार्टी नै त्यस्तो पार्टी होस्, जसले त्यस्तो अर्थतन्त्र बनाउँछ र यसरी त्यस्तो पार्टी र अर्थतन्त्रले सँगै देशलाई अघि लिएर जान्छन् ।’
उनले देशको अर्थतन्त्र उद्यम नगर्ने र रोजगारी सिर्जना नगर्ने पुँजीपतिकोमा गएसँगै त्यसले देशले प्रगतिको पथ लिन नसक्ने बताएका छन ।
नेता भुसालले जुन मुलुकको अर्थतन्त्रलाई उद्यम नगर्ने, उद्यम नभएका पुँजीपतिहरुले नेतृत्व त्यसमा देशले सफलता नपाउने दाबी गरेका छन ।