प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ माघ २६ गते १७:१३ मा प्रकाशित

काठमाण्डु,२६ माघ– प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । बिहीबार शर्मा र छन सोङबीच जङ्गी अड्‍डामा शिष्टाचार भेटवार्ता भएको हो ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास सेना ले लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us