
काठमाण्डु,२६ माघ– उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
सरकारको पूर्णता, राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल गर्न संयन्त्रको बैठक बोलाइएको हो । बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको संवादपछि संयन्त्रको बैठक बोलाउने सहमति भएको हो ।
आज बस्ने संयन्त्रको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने प्रधानमन्त्री प्रचण्डले बताएका छन । राष्ट्रपतिमा कांग्रेस र एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाउने घोषणा गरिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्ड सकभर राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्ने पक्षमा रहेका छन ।