राष्ट्रपतिमा एमाले उम्मेदवारलाई हराउन लाग्छौं: थापा

काठमाण्डु टुडे २०७९ माघ २५ गते १३:४८ मा प्रकाशित

काठमाण्डु,२५ माघ– कांग्रेस महामन्त्री गगनकुमार थापाले एमालेको उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने बताएका छन ।

हिजोको राष्ट्रपतिका कारण फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको उनले बताएका छन । बुधबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

महामन्त्री थापाले भने, ‘एमाले नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ ।’

बालुवाटार र शीतल निवास केन्द्र बन्ने र एक ठाउँमा पुगेर संविधानलाई दुर्घटनामा पार्ने उनले बताएका छन । थापाले भने, ‘त्यसैले एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई हराउन लाग्छौं । आफ्ना उम्मेदवारलाई भोट माग्छौं, फकाउन लाग्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us