
काठमाण्डु,२५ माघ– कांग्रेसका सांसद प्रदीप पौडेलले संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको बताएका छन ।
आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको उनले बताएका छन ।
आज (बुधबार) काठमाण्डुमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । सांसद पोडैलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको बताएका छन ।
उनले भने, ‘मलाई यो संसद होकि चुनावी सभा हो ? छुटयाउन गाह्रो भइरहेको छ ।’ मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै उनले त्यसको अन्त्य गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।