
काठमाण्डु,२४ माघ– सिंगापुरलगायतका देशहरु पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सोलु दूधकुण्ड नगरपालिका–७ स्थायी घर भई हाल काठमाण्डुको टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय अनिल श्रेष्ठ रहेका छन ।
उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।
उनले भीमबहादुर रानासमेत गरी ७ जनालाई वैदेशिक रोजगारीका लागि सिंगापुर, अफगानिस्तानलगायतका देशमा पठाइदिने प्रलोभन दिई प्रतिव्यक्ति १० लाख रुपैयाँ गरी ५७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका उनीमाथि थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले बताएको छ ।