रविजीसँग फेरि कुरा गर्छु: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ माघ २२ गते १८:३८ मा प्रकाशित

काठमाण्डु,२२ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका छन ।

उनले (आइतबार) संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका छन । उनले आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको बताएका छन ।

उनले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा आफू रहेको बताएका छन । उनले त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरी भेट गरेर देखिएको समस्या तत्काल हल गर्ने उनको भनाई थियो ।

उनले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन । भर्खरै सुने । मैले बिहान उहाँसँग भएको कुरा अनुसार सरकारलाई समर्थन फिर्ता चाँही होइन । मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भईरहेको छ भन्नु हुन्थ्यो ।

फेरी हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं । मेरो कोशिस त थियो–राष्ट्रिय सहमती नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो ।

अदालतको निर्णय पनि पक्कै पछि उहाँहरुलाई केही असहजता त भएकै थियो । अव उहाँसँग फेरि भेटेर कुरा गर्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us