राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा संवोधन गर्ने

काठमाण्डु टुडे २०७९ माघ २२ गते १६:२१ मा प्रकाशित

bhanकाठमाण्डु,२२ माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा संवोधन गर्ने भएकी छिन् । उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा संवोधन गर्ने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख गरीएको छ ‘ सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५:०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवोधन हुने भएको छ ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us