
काठमाण्डु,२२ माघ– कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । कांग्रेसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठक बसेको थियो ।
राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन ।
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि सोमबार निर्वाचन हुनेछ ।