अग्नि सापकोटा माओवादी केन्द्रीय सदस्यमा मनोनित

काठमाण्डु टुडे २०७९ माघ २१ गते १८:४१ मा प्रकाशित

काठमाण्डु, २१ माघ– माओवादी केन्द्रले निवर्तमान सभामुख अग्नि सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । सभामुख भएपछि दलीय आवद्धता छाड्नुपर्ने संवैधानिक प्रावधानअनुसार सापकोटाले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

सभामुखमा उनको कार्यकाल गत कात्तिकमा सकिएको थियो । सापकोटालाई पदाधिकारी बनाउने तयारी भएको एक माओवादी नेताले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us