रवि लामिछानेसँग मेरो वार्ता हुँदैछः प्रचण्ड

काठमाण्डु टुडे २०७९ माघ २१ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, २१ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रयास गरिने बताएका छन् ।

पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय जनता पार्टी (रास्वपा) को असन्तुष्टि सम्बोधन हुने बताए । उनले रास्वपाको दुई दिने अल्टिमेटमबारे कुराकानी भइरहेको जानकारी दिए ।

‘अहिले मेरो कुरा हुँदैछ । समस्या समाधान हुन्छ’, उनले भने । गृह मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी रास्वपाले दिएको छ । उसले माग सम्बोधनका लागि आइतबारसम्मको अल्टिमेटम दिएको छ । अदालतले उपप्रधानसहित गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनी पदमुक्त भएका थिए ।

तर, गैरसांसदका रुपमा उनले पुनः गृहमन्त्री बन्ने मनस्थितिमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us