माओवादीकै कारण महिला राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख भएका हुन्ः प्रचण्ड

काठमाण्डु टुडे २०७९ माघ २१ गते १५:४९ मा प्रकाशित

काठमाण्डु, २१ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश माओवादी एजेण्डामा चलेको बताएका छन् ।

आदिवासी जनजाति आयोगद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले देश लामो समयदेखि माओवादी आन्दोलनको एजेण्डा वरिपरिबाट चलिरहेको बताए । ‘सिंगो देश नै हाम्रो आन्दोलन र मुद्दा वरिपरि छ’, उनले भने, ‘राजनीतिक रुपमा माओवादी आन्दोलनको विजय भएको छ ।’

प्रचण्डले माओवादी आन्दोलन र नेतृत्वले समाज र देश रुपान्तरणका लागि गरेको योगदानको सम्मान भने कम भएको गुनासो गरे । माओवादी आन्दोलनबिना समाजको अहिलेको जागरण सम्भव नभएको उनले भनाइ थियो ।

माओवादी आन्दोलनकै कारण महिला राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखजस्ता राज्यका प्रमुख अंगको नेतृत्वमा पुगेको बताए । ‘महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा मलाई गर्व छ’, उनले भने, ‘कुन पार्टीबाट आए भन्ने कुरा मेरा लागि खास अर्थको होइन, हाम्रै मुद्धाका कारण उहाँहरु आउनुभएको हो । यो हाम्रै संघर्षको परिणाम हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us