
काठमाण्डु, २१ माघ– नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभा उपाध्यक्षमा आफ्नो दलको दाबी नरहेको बताएका छन् ।
नेपाली काँग्रेसले शनिबार बिहान सिंहदरबारमा बोलाएको प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले उपाध्यक्षमा आफ्नो दलले दाबी नगर्ने बताए ।
विपक्षी दलको सहमतिमा साझा उम्मेदवार हुन सक्ने उनको भनाइ थियो । ‘सबै विपक्षीदलको साझा उम्मेदवार उठाउँछौ’, उनले भने, ‘त्यसका लागि फेरि बैठक बस्छौं ।’
राष्टियसभा उपाध्यक्षका लागि २३ माघमा निर्वाचन हुँदैछ ।