लामिछाने विरुद्धको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा

काठमाण्डु टुडे २०७९ माघ २० गते ११:४९ मा प्रकाशित

काठमाण्डु,२० माघ– क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ गर्ने भएको छ ।

न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा लामिछाने विरुद्धको मुद्दा परेको छ । लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पुस २८ गते उच्च अदालत पाटनले आदेश दिएको थियो ।

सो आदेश अनुसार २९ पुसमा रिहा भएका लामिछानेलाई क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us