फेरि सर्‍यो माओवादी केन्द्रको स्थायी समिति बैठक

काठमाण्डु टुडे २०७९ माघ २० गते ११:३७ मा प्रकाशित

काठमाण्डु,२० माघ– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक फेरी पनि सरेको छ । आज ३ बजे बस्ने भनिएको बैठक भोलि शनिवार १ बजे बस्नेगरी बैठक सरेको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिएका छन ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालले जानकारी दिएका छन । गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने संकेत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बैठक बैठक बस्न नपाउँदै स्थगित गरेका थिए ।

रबि लामिछाने नेतृत्वको पार्टीले आज र भोलिसम्म गृह मन्त्रालय टुंगो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us