जेल चलान भए सांसद चौधरी

काठमाण्डु टुडे २०७९ माघ २० गते ११:३० मा प्रकाशित

काठमाण्डु,२० माघ– ४ मंसिरमा भएको निर्वाचनमा कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ ।

आज (शुक्रबार) बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधिसभा सदस्य चौधरीलाई कारागार चलान गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरीसहितलाई १० वर्षअगाडि थरुहट आन्दोलनताका ट्याक्टरमा आगजनि गरेको अभियोगमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध फैसला गरेको थियो ।

उनलाई विहीबार बाँकेबाट पक्राउ गरीएको प्रहरीले बताएको छ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us