गणतन्त्रको डुंगा प्याल पार्ने काम नगरौंः बाबुराम

काठमाण्डु टुडे २०७९ माघ २० गते ८:०७ मा प्रकाशित

काठमाण्डु, २० माघ– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरुबीच सहमति हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार ट्वीट गर्दै उनले निर्वाचनमा कुनै दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले प्रमुख दलबीच सहमतिको विकल्प नरहेको बताए ।

लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने उनको भनाइ छ । ‘लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं’, भट्टराईले लेखेका छन्, ‘यो डुंगा डुब्दा हामी सबै त डुब्छौंडुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us